काँग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा


२ चैत्र २०८०, शुक्रबार १६:५९ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्रीमाथि विभिन्न प्रश्नहरु उठेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गर्नुभएको हो ।

उहाँले लामिछाने आफूमाथि प्रश्न बोकेर गृहमन्त्री हुनु नहुने बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीले पनि  प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउनु नहुने बताउनु भयो । सांसद पौडेलले हाल ३१ हजार सहकारीमा ७३ लाख वचतकर्ता रहेको उल्लेख गर्दै सहकारी पीडितहरुले आफ्नो बचत फिर्ताको माग गरिरहेका बताउनु भयो ।

अनुसन्धानको घेराभित्रै रहेका गृहमन्त्रीले सहकारी पीडितहरुको माग कसरी सम्बोधन गर्नसक्छ भनेर उहाँले प्रश्न गर्नुभयो ।

पीडितहरुको विश्वास जित्न नसकेको सरकारले वित्तिय संकटलाई समाधान गर्न नसक्ने उहाँको भनाई छ । उहाँले गृहमन्त्रीकै मातहतमा रहेको प्रहरीले सुन प्रकरणमा राजनीतिक मान्छेलाई छानवीनको दायरामा ल्याउन नसकेको भन्दै गृहमन्त्रीमाथि पनि प्रश्न उठाउनु भयो ।

उहाँले प्रश्नै प्रश्नले घेरिएका मान्छेको बिचमा बसेर प्रधानमन्त्रीले सुशासन कायम गर्न नसक्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here