झापा । झापाको कनकाई नगरपालिकाको सुरुंगामा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार बिहान आयोजित उक्त कार्यक्रममा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक प्रशिक्षण प्रदान गरिएको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक प्रवीण भट्टराईले जानकारी दिनुभयो ।
प्रशिक्षणमा अटो, सिटीसफारी र म्याजिक भ्यानका चालकहरू सहभागी थिए । प्रशिक्षण इलाका प्रहरी कार्यालय सुरुंगाका प्रमुख भट्टराईले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा अटो, सिटीसफारी र म्याजिक भ्यान ट्राफिक चेतना दिने स्टिकरहरूसमेत टाँसिएको थियो ।