मुख्य सहप्रायोजक रहेको अन्तर्राष्ट्रिय झापाली समाजद्वारा झापा गोल्डकपलाई सात लाख रुपैयाँ सहयोग


१७ फाल्गुन २०८०, बिहीबार ०८:०४ मा प्रकाशित

झापा । मुख्य सहप्रायोजक रहेको अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्डकपलाई सात लाख रुपैयाँ सहयोग गरेको छ ।

बुधबार गोल्डकपको सचिवालयमा आयोजित संक्षिप्त समारोहका बीच समाजले सात लाख रुपैयाँ बराबरको चेक प्रदान गरेको हो ।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नवीन पोखरेलले गोल्डकपका अध्यक्ष बिनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा गोल्डकपका अध्यक्ष बस्नेतले खेलकुदका लागि गरेको सहयोग महत्वपूर्ण भएको भन्दै अन्तर्राष्ट्रिय झापाली समाजलाई धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here