राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने


१६ फाल्गुन २०८०, बुधबार १२:३८ मा प्रकाशित

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निणर्य गरेको छ ।

बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निणर्य गरेको हो । साथै बैठकले प्रदेश इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ ।

जसअनुसार कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव हरिबोल गजुरेललाई दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी सावित्रीकुमार काफ्लेलाई दिएको छ ।

मधेस प्रदेशको इन्चार्ज सचिव लिलामणि पोखरेल र सहइन्चार्जको जिम्मवारी स्थायी कमिटी सदस्य विश्वनाथ शाहले पाउनुभएको छ ।

त्यस्तै वागमती प्रदेशको इन्चार्जको जिम्मेवारी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटालाई दिइएको छ । वागमतीमा सहइन्र्चाज तोकिएको छैन ।

प्रवक्ता सापकोटाकाअनुसार गण्डकी प्रदेश इन्चार्ज सचिव दिनानाथ शर्मा र सहइन्र्चाज हरिराज अधिकारीलाई दिइएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव चक्रपाणि खनाल र सहइन्चार्जको जिम्मेवारी कुलप्रसाद केसीले पाएका छन् । कणर्ाली प्रदेश इन्चार्ज कालिबहादुर मल्ल बन्नुभएको छ भने सहइन्चार्ज तोक्न बाँकी राखिएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल र सहइन्चार्ज केन्द्रिय सदस्य बिना मगरलाई बनाइएको छ । प्रवक्ता सापकोटाले प्रवास प्रदेश समिति मध्यपूर्वको इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल, प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्ज लक्ष्मण पन्त र सहइन्चार्ज टिबि पाठक तथा प्रवाश प्रदेश समिति युरोप अमेरिका इन्चार्ज सुरेन्द्रकुमार कार्कीलाई तोकिएको जानकारी दिनुभयो ।

बैठकले विशेष प्रदेश समितिको इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज यशोदा सुवेदीलाई बनाएको पनि उहाँले जानकारी दिनुभयो । माओवादी केन्द्रले मधेस/तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल-पहाड-मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ गतेदेखि गर्ने निणर्य गरेको छ ।

त्यस्तै स्थानीयदेखि संघीय जनप्रतिनिधिहरु भने आफ्नो निर्वाचित जिम्मेवारीमा नै रहने निणर्य भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here