झापा । स्वास्थ्य कार्यलय झापाले दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेलाविरुद्धकोे खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
अभियानमा झापाका ३ लाख १४ हजार ४ सय १२ जना सम्भावित बालबालिकाहरुलाई खोप प्रदान दिइने झापा जिल्ला जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिनु भयो ।
अभियानलाई उपलब्धिमूलक बनाउन झापा जिल्ला स्वास्थ्य कार्यलयले जिल्लाभरका सञ्चारकर्मीहरुसंग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हाे।
बिर्तामोडमा आयोजित अभिमुखीकरण कार्यक्रममा झापा जिल्ला स्वास्थ्य कार्यलयका निमिक्त कार्यलय प्रमुख रमेश बाराकोटीले खोप अभियानको औचित्यमाथी प्रकाश पार्दै १ जना सङक्रमितबाट १६ जनालाईसम्म सर्नसक्ने भएकाले बेलैमा आफ्ना बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाउन आग्रह गर्नु भयो ।