सुरुङ्गामा आजबाट कला र साहित्य महोत्सव


१४ फाल्गुन २०८०, सोमबार ०९:२१ मा प्रकाशित

कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको आज विशेष कार्यक्रमका बिच वरिष्ठ कलाकार नीर शाहले उद्धाटन गर्दै हुनुहुन्छ ।

मुलुकका कला, संस्कृति र साहित्यका हस्ती सुरुङ्गामा भृला हुने क्रम जारी छ । रोटरी क्लव अफ कनकाई सुरुङ्गाकोे आयोजनामा फागुन १४ आजदेखि १६ गते बुधबारसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिनु भयो ।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका भीष्म पितामह भनेर परिचित वरिष्ठ अभिनेता तथा गीतकार नीर शाहका साथमा अग्रज साहित्यकार तुलसी दिवस, अर्जुन पराजुली, प्राध्यापक डा.रामप्रसाद ज्ञवाली, प्राध्यापक डा. देवी नेपाल, कवि मनु मञ्जिल, धिरेन्द्र प्रेमर्षि, प्रदीप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, गीतकार शिशिर योगी, हास्य कलाकार मनोज गजुरेल, गायिका रचना रिमाल लगायत सुपरिचित स्रष्टा कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम संयोजक अखिलकुमार कोइरालाले जानकारी दिनु भयो ।
तीन दिने महोत्सवको उदघाटन नीर शाहले गर्ने, दोस्रो दिनको प्रमुख आतिथ्य नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती र तेस्रो दिनको प्रमुख आतिथ्य अग्रज साहित्यकार तुलसी दिवसले गर्ने तय भएको छ ।

महोत्सवमा राष्ट्रियता झल्कने र संस्कृतिको प्रदर्शन गर्ने, स्थानीय विविध जातजातिहरूको भेषभूषा, संस्कृतिलाई एकीकृत गरी नागरिक एकताको सन्देश दिन जातीय पहिचानको स्थानीय कला र संस्कृति झल्किने विभिन्न झाँकीका साथ नगरपरिक्रमा गरी समुद्घाटन हुने र स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण आदि कार्यक्रमहरू रहेकोे प्रचारप्रसार संयोजक रामप्रसाद निरौलाले जानकारी दिनु भयो ।

कार्यक्रमबाट बन्दनिषेधित शान्ति क्षेत्रको रूपमा रहेको कनकाई–सुरुङ्गाको गरिमा अझ माथि उठ्ने, विद्यालय रक्याम्पसका नेपाली विषयका शिक्षकहरू, स्थानीय स्रष्टाहरू तथा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू लाभान्वित हुने प्रचारप्रसार संयोजक निरौलाले बताउनु भयो ।

महोत्सव सम्पन्न गर्न करिब २५ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । स्थानीय पशुपति अंग्रेजी माविको प्राङ्गणमा कार्यक्रम हुने उक्त महोत्सवलाई भव्य, सभ्य र ऐतिहासिक बनाउनका लागि स्थानीय सरकार कनकाई नगरपालिका, प्याब्सन, सामुदायिक विद्यालय, स्थानीय क्याम्पस लगायत स्थानीय व्यवसायीहरूको ठूलो सहयोग रहेको आयोजक संस्थाकी सचिव विनिता मैनाली बिमली बताउनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here