सरकारका कारण देश हरेक हिसाबले सङ्कटग्रस्त बन्दै गएको एमालेको ठहर


११ फाल्गुन २०८०, शुक्रबार ०८:०७ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले सरकारको गलत आर्थिक नीतिका कारण अर्थतन्त्र कमजोर हुँदै गएको र विकास निर्माण ठप्प हुँदै गएको निष्कर्ष निकालेको छ ।

हिजो सकिएको केन्द्रीय कमिटी बैठकले सरकारको बेथितिका कारण देश हरेक हिसाबले सङ्कटग्रस्त बन्दै गएको ठहर गरेको हो ।

एमालेले चर्को ब्याजदर, झण्झटिलो कर प्रशासन र सरकारका दोहनकारी नीतिका कारण व्यवसायीहरु हतोत्साही अवस्थाममा पुगेको जनाएको छ । वर्तमान गठबन्धन सरकारको कुशासन, आर्थिक असफलता, भ्रष्टाचार, चरम असुरक्षा, महँगीजस्ता विषयले नेपाली नागरिक आक्रान्त रहेको, सरकार पूर्णरूपमा असफल भएको, सरकारको गैरजिम्मेवार रवैयाले व्यवस्थामाथि नै प्रश्न उठाउने काम गरेको एमालेको आरोप छ ।

एमालेले मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न पनि सरकारसँग आग्रह गरेको छ । सडक दुर्घटना बढ्दा सरकारले चासो नदिएको, शिक्षा क्षेत्रमा सरकारको हस्तक्षेप उदाङ्गो भएको, सरकार कूटनीतिक मामिलामा चुकेको एमालेको निष्कर्ष छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here