किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई रवि लामिछानेको चेतावनी


१० फाल्गुन २०८०, बिहीबार १३:३९ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशभरका दुध किसान र मह किसानहरु मारमा पर्दा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको बताउनु भयो ।

उहाँले किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामथ्र्य राख्ने चेतावनी दिनुभयो ।

उहाँले भूमिहिन सुकुम्वासीहरुलाई चुनावी फण्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने बनाइएको बताउनु भयो ।

चुनावी फण्डा नभइ सुकुम्वासी आयोग र भूमि आयोगले विशेष ध्यान दिइ समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here