दोलखा जिल्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्पको धक्का सूर्योदय संवाददाता ८ फाल्गुन २०८०, मंगलवार ०७:५५ मा प्रकाशित काठमाडौँ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो । आज बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।