सामाजिक सञ्जालमा सुशासनको कुरा गरेर नथाक्ने पूर्वसचिव उपाध्यायविरुद्ध भ्रस्टाचार मुद्दा


६ फाल्गुन २०८०, आईतवार १९:१२ मा प्रकाशित

काठमाडौं । सुशासनको कुरा गरेर नथाक्ने नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

सामाजिक सञ्जालमा असाध्यै सक्रिय रहने र बारम्बार भ्रष्टाचारका विरुद्धमा अभिव्यक्ति दिइरहने उपाध्यायविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रस्टाचारको मुद्दा गरेको छ ।

पूर्वसचिव उपाध्यायमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आइतबार अख्तियारले उपाध्यायसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले दायर गरेको मुद्दामा उनीसँगै थप दुई पूर्वसचिवसँगै १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here