बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि आवश्यक कारबाही गरिने प्रधानमन्त्री दाहालको आश्वासन


६ फाल्गुन २०८०, आईतवार १७:०७ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा छानविन समितिले दिएको रिपोर्ट अध्यययन गरी आवश्यक कारबाही गरिने बताउनुभएको छ ।

आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले छानविन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले सो प्रतिवेदन बुझ्ने बताउनुभएको हो ।

उहाँले अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘छानविन समितिले जो प्रतिवेदन ल्याएको छ । गृह मन्त्रालयमा छानविन समितिले बुझाएको छ । आज मैले बुझ्दै छु प्रधानमन्त्रीको हैसियतले । अहिलेसम्म मैले हेरेको छैन । मैले हेर्दैछु । आजै मन्त्रिपरिषद् छ त्यसलाई सरकारले बनाएको छानविन समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’

उहाँले यस घटनालाई सरकारले गम्भिरतापूर्वक लिएर तत्काल १०/१० लाख रुपैयाँ परिवारलाई दिने निणर्य गरिनुका साथै श्रम मन्त्रालयबाट सम्बन्धित कार्यालयबाट पनि रकम उपलब्ध गराउन निर्देशन भएको बताउनु भयो । परिवारका एक/एक जनालाई रोजगारीको व्यवस्था गरिने पनि उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here