झापा । झापाको कनकाई नगरपालिका ४ मा रहेको सिंहदेवी माध्यमिक विद्यालयमा साइबर अपराध तथा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
आइतबार उक्त विद्यालयका कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीलाई कक्षामा राखेर साइबर अपराध तथा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय सुरुंगाका प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक प्रवीण भट्टराईले गर्नुभएको थियो ।
भट्टराईले लागु औषध दुर्व्यसनले पुर्याउने हानीबारे पनि विद्यार्थीलाई जानकारी गराउनुभयो ।
यस अघि इलाका प्रहरी कार्यालय बुधबारेमा रहँदा पनि भट्टराईले बुद्धशान्ति गाउँपालिका क्षेत्रका विद्यालयहरूमा साइबर अपराध तथा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।