भिजिट भिसामा विदेश जानका लागि ६ बुँदे नयाँ नियम लागू, अब के हुनुपर्छ ?


१० माघ २०८०, बुधबार १७:१६ मा प्रकाशित

सरकारले भिजिट भिसामा विदेश जानका लागि नयाँ नियम लागू गरेको छ । रोल…

भिजिट भिसामा विदेश जानेहरुलाई ठगिन र गैरकानूनी ढंगले त्यही लुकेर काम गर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यसहित अध्यागमन विभागले बुधवारदेखि लागू हुने गरी ट्राभल एड्भाईजरीसहितको ६ बुँदे नियम लागू गरेको हो ।

भिजिट भिसामा जानेहरु नठगिउन् र विदेशमा लुकेर गैरकानूनी ढंगले काम गर्नुपर्ने अवस्थाको अन्त्य हुनेगरी अन्तर्राष्ट्रिय मापदण्डको आधारमा ६ बुँदे नयाँ नियम लागू गरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताउनु भयो ।

जसअनुसार ६ महिनाको अवधि भएको पासपोर्ट हुनुपर्नेछ । त्यसैगरी गन्तव्य देशको भिसा, टिकट, होटल बुकिङ वा कतै आफन्तसँग बस्ने हो भने नाता प्रमाणित हुने कागजपत्र र सरकारी वा गैरसरकारी वा व्यक्तिगत रुपमा जाने हो ? त्यसको खर्चको विवरण उनीहरुसँग हुनुपर्नेछ ।

सरकारी वा गैरसरकारी संस्थाले खर्च नव्यहोर्ने अवस्थामा उनीहरुसँग ५ सय डलर बराबरको नगदी सटही भएको प्रमाण पनि बुझाउनुपर्ने महानिर्देशक तामाङले बताउनु भयो । यसअघि सरकारले भिजिट भिसामा विदेश जानका लागि १७ बुँदे नियम लागू गरेको थियो ।

त्यसमा नक्कली कागजातहरु बनाउने नाममा गठिने र विचौलियाहरुको फन्दामा परेर गन्तव्य मुलुकमा लुकेर गैरकानूनी ढंगले काम गर्ने अवस्था भएपछि अहिले नयाँ ६ बुँदे नियम लागू गर्नुपरेको पनि अध्यागमन विभागले जनाएको छ ।

महानिर्देशक तामाङले भिजिट भिसामा जानेहरुलाई विचौलियाको भर नपर्न र उनीहरुले ठगि गर्ने अवस्थामा परेमा तत्काल नेपाल सरकारको सम्बन्धित निकायमा सम्पर्क गर्न विभागले सल्लाह दिएको बताउनु भयो ।
विभाग जारी गरेको ट्राभल एडभाइजरीमा भिजिट भिसामा जानेहरुले गर्ने कामको सूचि नै उल्लेख गरिएको छ ।

महानिर्देशक तामाङले सो एड्भाईजरीमा पासपोर्ट, भिसा, टिकट, त्यहाँ बस्ने ठाउँ र खर्च बाहेक भिजिट भिसामा विदेश जानेहरुले अन्य खर्च गर्नु नपर्ने कुरा उल्लेख गरिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here