स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको स्वास्थ्यमन्त्री बस्नेको भनाइ


१० माघ २०८०, बुधबार १६:४७ मा प्रकाशित

काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताउनुभएको छ ।

बुधवार शुक्रराज ट्रपिकल तथा सश्ररुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो धेरै पहलले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महत स्वास्थ्य क्षेत्रमा ३२ हजार कर्मचारी पूर्ति गर्न सकारात्मक रहेको बताउनु भयो ।

उहाँले २०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी बढाउन नसकेको जिकिर गर्नुभयो । उहाँले स्वास्थ्यकर्मीहरुको अभावका कारण आधारभुत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको बताउनु भयो ।

स्वास्थ्यमन्त्री बस्नेतले नेपालको मेडिकल शिक्षा दक्षिण एशियाकै उत्कृष्ट रहेको दाबी गर्दै नेपाल अध्ययन गर्न आउनेहरुको संख्या बढ्दै गइरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here