एन्फाको विशेष साधारण सभाबाट लेखा परीक्षक नियुक्त


८ माघ २०८०, सोमबार १८:३९ मा प्रकाशित

लेखा परीक्षकको नियुक्त लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा सोमवार सम्पन्न भएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सोमवार साधारणसभाले लेखा परीक्षक नियुक्त गरेको हो ।

सो साधारण सभाले लेखा परीक्षक वर्ष २०७९÷८० का लागि एलएसबी एसोसिएट र ८०÷८१ का लागि एएनएस एसोसियटलाई नियुक्त गर्ने निर्णयलाई पारित गरेको छ ।

साधारणसभाअघि बसेको आपतकालिन बैठकले दुई निर्णय पनि ग¥यो ।

साधारण सभा सकिएपछि पत्रकार सम्मेलन आयोजना गर्दै एन्फाका प्रवक्ता सुरेश शाहले विशेष साधारण सभाका लागि अनुमानित बजेट ४३ लाख ३० हजार २ सय रुपैयाँ पनि बैठकले पारित गरेको बताउनु भयो ।

यसअघि गत कात्तिक २३ गते मात्र एन्फाको विशेष साधारण सभा भएको थियो । त्यतिबेला एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङबिरुद्ध अविश्वासको प्रश्तावका लागि सो साधारण सभा भएको थियो । तर साधारणसभाले नेम्वाङमाथिको अविश्वास अस्वीकृत गरेको थियो ।

एन्फाका प्रवक्ता शाहले सहायक महासचिव वसन्त अर्यालको जिम्मेवारी परिवर्तन गरी रिक्त पदमा विजय घलेलाई जिम्मेवारी दिइएको पनि जानकारी दिनुभयो ।

उहाँले अध्यक्षले एन्फाको महासचिव, सहायक महासचिव र प्रवक्ता नियुक्ति गर्न पाउने अधिकार प्रयोग गरेको सो निर्णय गरेको दाबी गर्नुभयो ।

तीन महिना नै नबित्दै एन्फाको अर्को साधारणसभा गरे पनि विवाद भने उत्पन्न भएन । एन्फाले लेखा परीक्षक नियुक्तिका लागि भने दोस्रो पटक विशेष साधारणसभा बोलाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here