वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्दैछौँ ः स्वास्थ्य मन्त्रालय


८ माघ २०८०, सोमबार १८:०७ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएको छ ।

सोमवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताउनु भयो । उहाँले केही दिनभित्रै लोकसेवाको सेड्युलबाट विज्ञापनमा आउने बताउनु भयो ।

उहाँले केही समयअघि करारमा रहेका वीर अस्पतालका २२१ जना कर्मचारी हटाइएको बारे सञ्चारमाध्यममा फरक ढंगले प्रचार गरिएको बताउनु भयो ।

उहाँले २२१ करारका कर्मचारीहरु कोरोनाका लागि राखिएको र गत साल नै निकाल्नुपर्नेमा मन्त्रालयले स्थायी दरबन्दी ल्याउन नसकेकाले राखिरहेको बताउनु भयो ।

उहाँले अहिले दशैँअघिदेखि नै ३ सय जना स्वास्थ्य जनशक्ति लोकसेवाबाट सिफारिस भएर काम गरिरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here