संसदीय निर्वाचनमा बंगलादेशको सत्तारुढ दल अवामी लिगले २२३ सिट जित्यो


२४ पुष २०८०, मंगलवार १६:४६ मा प्रकाशित

प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको सत्तारुढ बंगलादेशी अवामी लिग (एएल) पार्टीले देशको संसदीय निर्वाचनमा २९८ सिटमध्ये २२३ सिट जितेको मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले बतउनुभएको छ ।

३ सय सिटमध्ये एउटा निर्वाचन क्षेत्रको नतिजा आउन ढिलो भएको छ ।

यसैबीच एक निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारको मृत्यु भएपछि मतदान स्थगित भएको छ ।

बंगलादेशमा कुनै दलले संसदको कुल १ सय ५१ सिट जित्न सफल भएमा सरकार बनाउन सक्छ ।

अवलले बंगलादेशको १२ औं संसदीय निर्वाचनमा कुल योग्य मतदाताको ४१.८ प्रतिशत पुगेको बताउनु भयो ।

बंगलादेशमा बहुमत प्राप्त गर्ने दलले सरकार बनाउन सक्ने उहाँले बताउनु भयो । सत्तारुढ एएल पार्टीका २६० भन्दा बढी उम्मेदवार राष्ट्रिय निर्वाचनमा सहभागी भएका छन् ।

स्थानीय समयअनुसार आईतवार बिहान ८ बजे शुरु भएको मतदान अपरान्ह ४ बजे सकिएको थियो ।

आईतवार देशभरका ४२ हजारभन्दा बढी मतदान केन्द्रमा मतदान भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here