कोशी प्रदेशको सभामुखमा राप्रपाका बिष्ट निर्विरोध निर्वाचित


२४ पुष २०८०, मंगलवार १६:३३ मा प्रकाशित

झापा । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।

उहाँको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here