पशुपतिमा स्तनपान कक्षको उद्घाटनपछि राज्यमन्त्री सिर्पालीः भगवानको मन्दिरमा सामाजिक सेवाको सकारात्मक सन्देश


२४ पुष २०८०, मंगलवार १६:३१ मा प्रकाशित

पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्षको शुभारम्भ भएको छ ।

मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले स्तनपान कक्षको शुभारम्भ गर्नुभएको हो ।

मन्दिर क्षेत्रमा हुने महिलाको समस्यालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले यो व्यवस्था गरेको हो ।

स्तनपान कक्षको शुभारम्भ गरेपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै राज्यमन्त्री सिर्पालीले पशुपतिनाथ मन्दिर क्षेत्रमा महिलाको समस्यालाई मध्यनजर गर्दै स्तनपान कक्षको सञ्चालन गरिएको बताउनु भयो ।

उहाँले स्तनपान कक्षको उद्घाटन बाल अधिकारको संरक्षण पनि भएको बताउनु भयो । उहाँले यो कार्य भगवानको मन्दिरमा सामाजिक सेवाको सकारात्मक सन्देश भएको बताउनु भयो ।

मन्त्री सिर्पालीले आगामी दिनमा भक्तजनहरुको सेवा सुविधाका लागि थप काम गर्दै जाने प्रतिवद्धता जनाउनु भयो ।

स्तनपान कक्षमा तातो र चिसो पानीको व्यवस्था गरिएको क्षेत्र विकास कोषले जनाएको छ । स्तनपान कक्षको सरसफाईका लागि कर्मचारी पनि खटाइएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here