इनरुवा । सप्तकोशी नदीमा पानीको स्तर बढ्दो क्रम जारी नै छ । सप्तकोशी नदीमा पछिल्लो मापन अनुसार पानीको बहावे ३ लाख ३१ हजार २ सय २० क्युसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएका छन् ।
कोशीको यो बहाव यस वर्षकै उच्च हो ।खोलिएका ब्योरजका ढोकाका कारण कोशीको पानीले भारतीय भूमि डुबानमा पर्ने खतरा बढेको भन्दै भारतीय पक्षले ब्यारेजको ढोका बन्द गर्न निर्देशन दिएको बुझिएको छ । कोशी ब्यारेजका ढोका बढी मात्रामा खोल्दा बिहार लगायतका क्षेत्रमा डुबान तथा बाढीको समस्या बढेको भन्दै भारतीय पक्षले कोशी ब्यारेज कन्ट्रोल रुमलाई ठाडो निर्देशन दिएको बुझिन आएको छ ।यद्यपी सो विषयमा ब्यारेज स्थित कन्ट्रोल रुमले केही बताउन चाहेको छैन् । नेपाल तर्फका सुरक्षा निकायले भने ब्यारेज कन्ट्रोललाई ढोका नखोल्न निर्देशन दिएको बुझिन आएको बताएका हुन् ।
सुनसरी स्थित कोशी ब्यारेज पूर्णतया भारतीय पक्षको निगरानी र नियन्त्रणमा रहँदै आएको छ । कोशीमा पानी बढ्ने क्रम जारी रहेको अवस्थामा ब्यारेजका ढोका नखोलिए नेपाली भूभाग तर्फ खतरा बढ्न सक्ने सम्भावना रहन्छ ।





