काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले वर्षा गराउने बादल सक्रिया रहेकाले अझै केही दिन भीषण वर्षा हुने जनाएको छ ।
मनसुन सक्रिय हुँदा केही समय वर्षा रोकिएपनि पुनः भीषण वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको हो । महाशाखाका अनुसार मध्य र पूर्वी भागमा भारी वर्षाको सम्भावना छ भने वर्षा गराउने बादल सक्रिय हुँदा निरन्तर वर्षा हुने छ । तराईका अझै विभिन्न भूभागमा वर्षा जारी रहनेछ भने काठमाडौं लगायतका स्थानमा समेत केही दिन लगातार वर्षा हुनेछ ।
महाशाखाका अनुसार २४ घण्टामा सबैभन्दा बढी पानी सिमरामा परेको छ । सिमरामा १ सय ८८ मिलिमिटर पानी पर्दा भैरहवामा १ सय ७ मिलिमिटर पानी परेको छ । यस्तै, काठमाडौंमा १ सय ४ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।
निरन्तरको वर्षाका कारण केही स्थानमा जलसतह बढ्ने र नदीहरुमा उच्च बहाब हुँदा तटीय क्षेत्रमा खतरा रहेको समेत महाशाखाले जनाएको छ ।





