क्यानको वार्षिक क्यालेण्डर सार्वजनिक, माघमा नेपाल र क्यानडाबीच एक दिवसीय क्रिकेट हुने


१९ पुष २०८०, बिहीबार १७:०८ मा प्रकाशित

नेपाल क्रिकेट संघ क्यानले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

आज बिहीबार पत्रकार सम्मेलन गरेर क्यानले नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितालाई समावेश गरेर क्यालेण्डर सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको वार्षिक क्यालेण्डर अनुसार माघको अन्तिम साता नेपालले क्यानडासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने छ ।

३ खेलको सिरिज नेपालमै हुने क्यानले जनाएको छ । यस्तै क्यानले नेपाल ए टिम र क्यानडाबीचको सिरिज पनि प्रस्ताव गरेको छ ।

यो सिरिज  माघदेखि फागुनको बीचमचा हुने छ ।क्यानडासँगको एक दिवसीय क्रिकेट लगत्तै नामिबिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय टी-२० शृंखला नेपालले नै आयोजना गर्ने छ ।

त्यस्तै क्यानले मंसिरमा नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट आयोजना गर्ने भन्दै त्यसलाई पनि क्यालेण्डरमा समावेश गरेको छ ।

मार्च अप्रिलमा गर्ने भने पनि अन्तर्राष्ट्रिय क्रिकेट क्यालेण्डर अनुसार मिलाउनु पर्ने भएकाले एनपीएल पछि सारिएको क्यानका सचिव पारस खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here