बनियानी खोलाले बगाउँदा झापामा एक बालकको मृत्यु


२८ असार २०७६, शनिबार १६:४१ मा प्रकाशित

झापा । खोलाले बगाउँदा झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका १० स्थित सानडाँडा बस्ने देवीप्रसाद चापागाईँको ९ वर्षीय छोरा सौगात चापागाईँ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार शिवसताक्षी ५ सालमारा स्थित बनियानी खोलामा खेल्ने क्रममा उनलाई खोलाले बगाउँदा डुबेर मृत्यु भएको हो । बालक सौगात शनिवार बिदा भएकोले फुपूको घर घुम्न जाँदा खोलामा खेल्न गएको प्रहरीले जनाएको छ । बालकको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाउने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here