बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छः प्रधानमन्त्री दाहाल


१४ पुष २०८०, शनिबार १९:०४ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाका दोषीलाई कारबाही गर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालले सो घटनालाई आकस्मिक र दुर्भाग्यपूर्ण घटनाको संज्ञा दिँदै सो घटनामा परी मारिएकाहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने घोषणा समेत गरे ।

उनले सो घटनामा कमजोरी देखाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पिएसओ र प्रहरी अधिकारीलाई निलम्वन गरिएको पनि जानकारी दिए ।

शनिवारबाट काठमाडौंमा शुरु भएको छैठौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले सो घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानविन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्वन गरिएको बताए ।

उनले इपिएस परीक्षामा सहभागी हुन नपाएको विद्यार्थीहरुले पनि सो परीक्षामा सहभागी हुने पाउने कुरा अदालतले जानकारी दिएपछि परिस्थितिलाई सहज बनाउन पनि सबैलाई आह्वान गरे ।

प्रधानमन्त्री दाहालले सो घटनामा अदालतको पनि केही कमजोरी देखिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here