बालकुमारी घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग प्रधानमन्त्री दाहालले लिए ब्रिफिङ


१४ पुष २०८०, शनिबार १०:१२ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् । शनिबार बिहान उनीहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको ब्रिफिङ लिएका हुन् । ​

ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित थिए । 

ब्रिफिङमा उनीहरूले घटनाबारे जानकारी गराउँदै छानबिन समितिसमेत गठन गरिएको बताएका थिए । 

प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताए । 

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनमा शुक्रवार दुई जनाको ज्यान गएको थियो । उनीहरूले  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा ललितपुरको बालकुमारीमा आगजनीसमेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here