श्रीलंकाका राजदूत प्याकुरेलले दिएको राजीनामा स्वीकृत


२८ असार २०७६, शनिबार १३:४७ मा प्रकाशित

काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले राजीनामा दिएका छन् ।

उनले डेढ महिना अघि दिएको राजीनामा गत मंगलवारको मन्त्रिपरिषद बैठकले साउन १ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राजीनामा दिनबाट रोक्न प्रयास गरेपनि प्याकुरेलले भने परराष्ट्रको प्रशासनिक संयन्त्रसँग रुष्ट भएर राजीनामा दिएको बताएका छन् । श्रीलंकासँगै माल्दिभ्स पनि त्यहीबाट हेरिने कारण त्यहाँका कतिपय नेपालका लागि उपयोगी हुने परियोजना, आयोजना सञ्चालन गर्न खोज्दा परराष्ट्र प्रशासनले सहयोग नगरेको प्याकुरेलको गुनासो थियो ।

उनले गरीब जनताको करबाट तलब खाए पनि जनउपयोगी काम गर्न नसकेको भन्दै जनताका लागि काम गर्न नसक्नेले जनताको करबाट तलब खानु हुँदैन् भन्ने आशयका साथ प्याकुरेलले राजीनामा बुझाएको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

राजीनामा प्रकरण उपर खबरहव प्रतिनिधिले श्रीलंकामा रहेका प्याकुरेललाइ सोधेको प्रश्नको संक्षिप्त जवाफमा राजीनामा दिएको स्वीकार गर्दै परराष्ट्र मन्त्रीले राजीनामा पछि पनि राजदूत पद नछोड्न अनुरोध गरेको बताए । उनले मन्त्री प्रति आफ्ने कुनै गुनासो नरहेको बरु यस्तो परराष्ट्र संयन्त्रवाट राजनीतिक नेतृत्व, राष्ट्र र जनतालाई समेत धोका हुने ठानेर आत्मग्लानि भएर राजीनामा दाबी गरे ।

२६ महिना अघि प्रा।डा। प्याकुरेललाइ संयुक्त सरकारले श्रीलंकको लागि राजदूतमा नियुक्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here