डेँगु स‌ंक्रमणबाट धरानमा १ जनाकाे ज्यान गयाे


२८ असार २०७६, शनिबार १२:५५ मा प्रकाशित

धरान । डेंगुको संक्रमणबाट धरानमा एक जनाको मृत्यु भएको छ । धरान- १५ का ४० बर्षीय मनु सुनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यू भएको अस्पतालले जनाएको छ । शुक्रबार बिहान उपचारका लागि प्रतिष्ठान ल्याइएका सुनुवारलाई दिउसो आइसीयुमा राखेर उपचार सुरु गरिएको थियो । उनको उपचारको क्रममा गएराति नै निधन भएको प्रतिष्ठानले जनाएको छ ।

धरानमा यसअघि डेंगु निन्यत्रण बाहिर गएको भन्दै प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here