कोशीमा पानीको बहाव फेरी बढ्यो, ब्यारेजका ३४ वटा ढोका खोलिए


२८ असार २०७६, शनिबार १२:५१ मा प्रकाशित

इनरुवा । पछिल्ला केही दिनयता सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्ने क्रममा छ ।

आजको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव २ लाख ४६ हजार ८ सय ४५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ । ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् । उता एकाबिहानै सतर्कता लेभल पार गरेको चतरास्थित बाढी मापन केन्द्रमा कोशीको जलस्तर बढेर ६ दशमलव १७ मिटरमा पुगेको छ । चतरामा गरिने मापनले ५ दशमलव ६ मिटर तहले सर्तकता लेभललाई जनाउँछ । उक्त तह कोशीको बहावले आज विहानै पार गरिसकेर खतराको तह नाघेको हो ।

चतरा स्थित बाढी मापन केन्द्रका अनुसार नदीको जल स्तर बढेर ६ मिटर नाघे खतरा र ६ दशमलव ८ बिन्दुमा पुगे पूर्ण रुपमा जोखिमसहितको खतरा भन्ने बुझाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here