तोकिएका सबै जिल्ला अधिवेशनहरु स्थगित नेकपा एसको निर्णय


३ पुष २०८०, मंगलवार १९:२२ मा प्रकाशित

काठमाण्डाै । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुरु भएको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठक अझै जारी रहेको र पुस ७ गते पुनः बस्ने पार्टीका सचिव जीवनराम श्रेष्ठले बताउनु भयो ।

उहाँले कतिपय जिल्लाहरुले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था रहेको भन्दै महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको हुनाले माघ १४ र १५ गते बस्ने नेकपा एकीकृत समाजवादीको केन्द्रिय परिषद्को बैठकपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशनहरु स्थगित निर्णय गरेको बताउनु भयो ।

उहाँले महाधिवेनमा कसरी नेतृत्व चयन गर्ने भन्ने बारेमा पनि छलफल भएको बताउनु भयो । उहाँले केन्द्रिय कमिटीको संख्या कस्तो बनाउने ? महाधिवेशन निर्वाचनको विधि कसरी गर्ने ? भन्ने बारेमा छलफल भइरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here