काठमाडौ । काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली शुरुवात गरेको छ ।
सोमवारबाट जिल्ला अदालत काठमाडौंले अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको शुरुवात गरेको जनाएको हो ।
टोकन प्रणालीको शुरुवात गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको शुरुवात गरेको बताउनु भयो ।
उहाँले प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने बताउनु भयो । उहाँले अबबाट उभिएरु सेवा लिनुपर्ने असहजता नहुने बताउनु भयो ।