सरकारले विश्वसनीय संक्रमणकालीन संयन्त्रहरुमार्फत संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउनुपर्ने मानव अधिकार आयोगका अध्यक्ष मगरको भनाइ


२४ मंसिर २०८०, आईतवार १४:१२ मा प्रकाशित

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले विश्वसनीय संक्रमणकालीन संयन्त्रहरुमार्फत संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउनुपर्ने बताउनुभएको छ ।

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आईतवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिक सहमतिको नाममा संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने काममा ढिलाई गरिएको भन्दै सरकारप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

अध्यक्ष मगरले मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको आदेश र आयोगले दिएको सुझावहरुलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन पनि सरकारलाई आग्रह गर्नुभयो

अध्यक्ष मगरले आयोगको सिफारिस कार्यान्वयनका निम्ति गठन गरिएका समितिहरुले काम गर्न नसकेकाले त्यसको कार्यान्वयनको अवस्थाले गति लिन नसकेको पनि स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here