झापा । आयुर्वेदका ज्ञाता आचार्य बालकृष्ण झापा आउनु भएको छ ।
भारतबाट बागडोगरा एयरपोर्ट हुँदै उहाँ झापा आउनुभएको हो ।
झापाको अर्जुनधारा जलेश्वर धामको ४१ औं बार्षिक अनुष्ठानमा सहभागी हुन उहाँ झापा आइपुग्नु भएको हो ।
उहाँलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुलीलगायतले स्वागत गरेका थिए ।
नगरप्रमुख गोम्देनले बालकृष्णलाई नेपाली टोपी पहिर्याएर स्वागत गर्नुभयो ।
आचार्य बालकृष्ण धामका पदाधिकारीसंग भेटघाट गर्नु भएको छ । साँझ ८ बजे उहाँले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।
धाममा पतञ्जलि योगपीठका प्रशिक्षकहरूद्वारा बिहान दुई घण्टा दैनिक योगाभ्यासका कार्यक्रम सञ्चालन भइरहेको छ ।
धामको बार्षिक अनुष्ठान भोलि समापन हुँदैछ ।