कांग्रेसले केचनादेखि सगरमाथा बेसक्याम्पसम्मको पदयात्रा सञ्चालन गर्ने


२४ मंसिर २०८०, आईतवार ०७:१३ मा प्रकाशित

झापा । प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापाले नेपाली कांग्रेसले अब झापाको केचनादेखि सगरमाथासम्मको पदयात्रा संचालन गर्ने बताउनु भएको छ ।

धनकुटामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै थापाले केही समयभित्र नै नेपालको सवैभन्दा होचो भूभाग झापाको केचनादेखि शुरु गरेर विश्वको सवैभन्दा अग्लो सगरमाथाको वेश क्याप्पसम्मको पदयात्रा संचालन गर्ने बताउनुभयो ।

पार्टी संगठन विस्तार गर्दै यस प्रदेशको विकास र समृद्धिका लागि अध्ययन अवलोकनका साथ छलफल अन्तर्क्रिया गर्ने थापाले बताउनुभयो । कोशी प्रदेशमा कांग्रेसले नेता कार्यकर्ताहरुको उचित मूल्यांकन गर्दै जिम्मेवारी पनि प्रदान गर्दै नयाँ ढंगबाट पार्टी संचालन गर्ने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here