मानव अधिकार प्रवर्द्धन हुनेगरी चलचित्र निर्माण गर्न चलचित्र निर्माताहरुलाई आयोगका अध्यक्ष मगरको आग्रह


२३ मंसिर २०८०, शनिबार १६:४६ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार प्रवर्द्धन हुनेगरी चलचित्र निर्माण गर्न चलचित्र निर्माताहरुलाई आग्रह गर्नुभएको छ ।

मानव अधिकारको संरक्षण र प्रवद्र्धन हुनेगरी जनचेतना ल्याउने गरी चलचित्र निर्माण गर्न यसका निर्माताहरुलाई उहाँले आग्रह गर्नुभएको हो ।

शनिबार काठमाडौंमा आयोजित ११ औं नेपाल मानव अधिकारसम्बन्धि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-२०२३ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मगरले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार प्रवद्र्धनका लागि प्रभावकारी माध्यम भएकाले चलचित्र निर्माताहरुसँगको सहकार्यलाई जोड दिएको र त्यसलाई निरन्तरता दिने सोच अघि बढाएको तर्क समेत गर्नुभयो ।

जनतालाई सबैभन्दा प्रभावकारी ढंगले मानव अधिकारको प्रवद्र्धन गर्न सिकाउने माध्याम चलचित्र क्षेत्र भएकाले यस क्षेत्रसँगको सहकार्यलाई आफूहरुले जोड दिएको उहाँको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here