काठमाडौँ । राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आजदेखि काठमाडौँमा सुरु हुने भएको छ ।
बिहान ११ बजेदेखि सुरु हुने बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
केन्द्रीय समिति बैठकबाट छलफल पश्चात् मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा महत्त्वपूर्ण निर्णय गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने केन्द्रीय समिति बैठकका निर्णय भोलि नै सार्वजनिक गरिने भएको छ ।