वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको एमाले अध्यक्ष ओलीको आरोप


२१ मंसिर २०८०, बिहीबार १४:३१ मा प्रकाशित

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाउनुभएको छ ।

बिहीवार मेची—महाकाली अभियानअन्तर्गत वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताउनु भयो । अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने बताउनु भयो ।

उहाँले अहिलेको सरकारले स्वाधिनता कमजोर बनाएको र विकासका कामहरु ठप्प पारेको अरोप लगाउनु भयो । उहाँले अहिलेको सरकार असफल सरकार भएको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here