उपत्यकामा बाढी र पहिरोमा परेर ४ जना बेपत्ता


२७ असार २०७६, शुक्रबार १७:०९ मा प्रकाशित

काठमाडौं । शुक्रबार बिहानैदेखि परिरहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी राजधानी काठमाडौंमा चार जना बेपत्ता भएका छन् ।

काठमाडौंको मूलपानीमा घरको पर्खाल भत्केर पुरिँदा ३ जना बेपत्ता भएका छन् । २ महिलासहित एक बालक पुरिएका हुन् । पुरिएकाहरुको उद्धार कार्य भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । यस्तै, कलंकीबाट एक जना बेपत्ता भएका छन् । बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर समात्न बाढीमा हाम्फालेका व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ ।

वर्षाको कारण काठमाडौँको कलंकी क्षेत्र डुबानमा परेको छ । कलंकीको खसीबजार र आसपासका सयौं घरमा पानी पसेको छ भने व्यापारिक भवन समेत डुबेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here