काठमाडौ । कात्तिक १७ गते राति जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाको पुनः निर्माणका लागि सोमवारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ९१ लाख बढी रकम जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जारी गरेको विज्ञप्ति अनुसार विभिन्न संघ संस्था र व्यक्तिबाट १८ करोड ९१ लाख ९६ हजार १८२ रुपयाँ ८० पैसा जम्मा भएको छ ।
विनासकारी भूकम्पमा परि जाजरकोट र रुकुम ९पश्चिम०मा १५३ जनाको ज्यान गरेको थियो । ८ जिल्लामा भौतिक संरचना ध्वस्त भएको थियो ।