सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्था बिरोधी अभियानमा संगठित गर्न खोजिएको एमाले सचेतक बर्तौलाको भनाइ


१३ मंसिर २०८०, बुधबार १४:५२ मा प्रकाशित

काठमाडौ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्था बिरोधी अभियानमा संगठित गर्न खोजिएको बताउनुभएको छ ।

सचेतक बर्तौलाले सरकार विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकहरुमा निराशा र आक्रोश बढेको बताउनुभएको हो । जनतामा सरकारप्रति निराशा र आक्रोश भएको भन्दै उहाँले सोही निराशा र आक्रोशलाई वर्तमान राजनीतिक प्रणालीको बिरुद्धमा प्रयोग गर्न खोजिएको बताउनु भयो ।

उहाँले आक्रोशित जनसमुदायलाई व्यवस्था बिरोधी बनाउन र शासकिय प्रवन्धहरुलाई कमजोर बनाउन संगठित गर्न खोजिएको भन्दै त्यो कुरा दिवा सपना मात्रै हुने बताउनु भयो । उहाँले व्यवस्था र संविधानका बिरुद्धमा हुने गतिविधिहरुलाई निस्तेज पारिने पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here