महोत्तरी । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आज पनि महोत्तरीको जलेश्वरमा बस्दैछ। सोमबार बैठकमा पार्टीका पदाधिकारीसहित केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति सहभागी रहेका छन्।
रास्वपाका संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीका अनुसार आज सभापति रवि लामिछानेले बैठकमा पार्टीको राजनीति प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, सासंदहरूको र संसदीय कार्यको समिक्षा, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल र निर्णय हुनेछ।
यसअघि मधेसका आठवटै जिल्लामा गई समग्र अवस्था बुझेकाले यस बैठकले मधेसको हितमा अवश्य नै ठोस निर्णय गर्ने रास्वपाले जनाएको छ।