काठमाडौ । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले आयुर्वेदको क्षेत्रमा नेपालले धेरै बिकास गर्न सक्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले नेपाल अथाह जटिबुटिको खानी रहेकाले यस क्षेत्रमा नेपालले धेरै बिकास गर्न सक्ने बताउनुभएको हो ।
उहाले भारत र चीनमा आयुर्वेदको क्षेत्रमा भएको बिकासबाट नेपालले पनि फाइदा लिन सक्ने भन्दै यस क्षेत्रको बिकासका लागि राज्यले आवश्यक सहयोग गर्ने धारणा राख्नुभयो । त्यस्तै मन्त्री बस्नेतले मेडिकल शिक्षाको बिकासमा मन्त्रालयको ध्यान केन्द्रीत रहेको र यसले देशलाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सकिन धारणा राख्नुभयो ।
मुलुकका तीन सय शय्यामाथिका अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउन पाउने गरि आवश्यक कानून परिमार्जनको तयारीमा रहेको उहाको भनाइ छ । त्यस्तै मन्त्री बस्नेतले स्वास्थ्यकर्मीको अभाव हुन नदिन आवश्यक दरवन्दी सिर्जना गरेर त्यसलाई परिपूर्ति गर्ने बताउनुभयो ।