आवश्यक परे मुलुकको रक्षाका लागि हजारौं मान्छेलाई सडकमा उतार्ने एमाले नेता बस्नेतको भनाइ


८ मंसिर २०८०, शुक्रबार १६:५४ मा प्रकाशित

काठमाडौ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आवश्यक परे मुलुकको रक्षाका लागि हजारौं मान्छेलाई सडकमा उतार्ने बताउनुभएको छ ।

शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बस्नेतले बिहीबार युवासंघले राजधानी केन्द्रीत कार्यक्रम मात्रै गरेको भन्दै आवश्यक परे मुलुकको रक्षाका लागि सिटी बजाएकै भरमा हजारौं मान्छेलाई सडकमा उतार्ने बताउनुभएको हो ।

उहाले अव रचनात्मक काम गर्ने गरि तयारी भइरहेको जानकारी दिनुभयो । नेता बस्नेतले एमालेमाथि सोसल मिडियाबाट प्रहार भइरहेकाले साइबर सर्कललाई व्यवस्थित गर्नुपर्ने बेला आएको जिकिर गर्नुभयो ।

उहाले एमालेबिरुद्ध निरन्तर प्रहार भइरहेको अवस्थामा युथ फोर्सलाई जगाउनुपर्ने आवश्यकता देखिएको धारणा राखनुभयो । बस्नेतले पार्टी प्यालेशबाट महिलालाई निकालेको घटनामा एमालेलाई जोडेर गलत ढंगले व्याख्या गरिएको तर्क गर्नुभयो ।

उहाले गलत बाटोमा मुलुक जान खोजेको अवस्थामा सहि ढंगले मुलुकलाई अघि बढाउन युवा संघभित्रको एकता र शुद्धिकरणलाई मजबुद बनाउनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here