काठमाडौँ । तिनकुनेमा जम्मा भएका दुर्गा प्रसाईंका सात जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । अन्यलाई पनि धरपकड गरिराखिएको बताइएको छ । यो समाचार तयार पार्दासम्म ११ जना पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुलाई पक्राउ गरेपनि उनीहरुको पहिचान पहिचान खुलाएको छैन । स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा प्रसाई र उनका समर्थकलाई प्रदर्शन गर्न अनुमति दिएको छैन ।
प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् ।