काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासमै सुरक्षाकर्मीले घेरा हालेर राखेको छ ।
प्रसाईंलाई घर बाहिर निस्किन नदिन ठूलो संख्यामा उनको निवास वरपर प्रहरी परिचालन गरिएको छ ।
काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका प्रसाईंलाई घरबाट निस्किन नदिइएको हो ।
प्रसाईंले निवासमै पत्रकार सम्मेलन गरेर जस्तोसुकै परिस्थितिको सामना गर्न आफू तयार रहेको बताएका छन् ।
प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति नरहेको बताएका छन् ।