आफैंले घाँटीमा खुकुरी प्रहार गरी कचनकवलका हरि तामाङद्वारा आत्महत्या


४ मंसिर २०८०, सोमबार १३:५४ मा प्रकाशित

झापा । झापाको कचनकवल गाउँपालिका- ७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैंले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन्।

स्थानीय एसबीआई ईंटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई बिहान ८:३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए।

गए राति अकस्मात् खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै उनी घरबाट निस्केका स्थानीयबासीले बताएका छन्।

उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए। उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन्।

छिमेकीका अनुसार केही महिनादेखि उनको मानसिक सन्तुलन ठिक थिएन।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here