इलाम रोङको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुग्यो


४ मंसिर २०८०, सोमबार १३:५९ मा प्रकाशित

झापा । आइतबार साँझ इलामको रोङ गाउँपालिका- ३ कोलबुङस्थित मेची राजमार्गमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

सोमबार बिहान ९ बजेतिर बीएण्डसी अस्पतालमा उपचारका क्रममा थप एकजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा धनुषाधाम नगरपालिका- ९ धारापानी बस्ने ६० वर्षीया शान्तमाया तामाङ रहेकी छन्।

यसअघि उपचारका क्रममा गएराति बीएण्डसी हस्पिटलमा धनुषाधाम नगरपालिका- ९ धारापानी बस्ने वर्ष ३५ की मनवती लामाको मृत्यु भएको थियो भने धनुषाधाम नगरपालिका- ९ धारापानी बस्ने १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो। ती बालक रुखमा अड्किएका थिए।

घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। उनीहरूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। कन्यामबाट झापातर्फ आउँदै गरेको ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ३०० मिटर तल खस्दा ३७ जना घाइते भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here