आर्थिक वर्ष ०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतकाे भनाइ


४ मंसिर २०८०, सोमबार १३:५३ मा प्रकाशित

काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताउनुभएको छ ।

सोमवार काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लगानी बिस्तरै बढ्दै गइरहेको बताउनु भयो । उहाँले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गर्नुभयो ।

उहाँले विदेशी पर्यटकहरुको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरु बिस्तारै बढ्दै जाने बताउनु भयो । उहाँले अर्थतन्त्रका सूचकहरु सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here