टिकटक प्रतिबन्धविरूद्ध माइतीघर मण्डलामा प्रदर्शन


४ मंसिर २०८०, सोमबार १३:४९ मा प्रकाशित

काठमाडौं । टिकटक प्रतिबन्धविरूद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

सोमबार हन्ड्रेड ग्रुप्स र  दलितका लागि दलित नामक संस्थाले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘टिकटक प्रतिबन्ध खारेज गर’, ‘सरकार हिजो बन्दुकसँग डराउने आज टिकटकसँग’, ‘टिकटक हैन जाजरकोटलाई ध्यान दे’लगायतका नारासहित माइतीघरदेखि बानेश्वरसम्‍म प्रदर्शन गरेका छन् ।

टिकटक प्रतिबन्ध गरेको भन्दै सामाजिक सञ्जालमा सरकारको टीकाटिप्पणी भइरहेको छ।

कतिपयले सरकारको यो निर्णयलाई स्वागत गरेका छन् भने कतिपयले भने बन्द नभई नियमन गर्नुपर्ने बताउँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here