रुकुम पश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ जनाको अवस्था गम्भीर


४ मंसिर २०८०, सोमबार १०:३१ मा प्रकाशित

काठमाडौ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ ।

आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका(८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।

घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ । ‘२२ जना घाइतेलाई अस्पताल पुर्याइसकिएको छ, उद्धार कार्य अहिले पनि जारी छ,’ प्रहरीले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here