सुर्खेतका डीएफओ ४ लाख घुससहित पक्राउ


२७ असार २०७६, शुक्रबार १३:४७ मा प्रकाशित

काठमाडौं । जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामा ४ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले डीएफओ लामालाई उनकै कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिएको हो । काठको छुटपूर्जीको म्याद थप गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा डीएफओ लामालाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रबक्ता मेघनाथ सापकोटाले जानकारी दिए ।

पवक्ता सापकोटाले लामालाई नियन्त्रणमा लिएको पुष्टि गर्दै भने, ‘हाम्रो टोलीले कार्यकक्षबाटै घुससहित नियन्त्रणमा लिएको छ । टोलीले मुचुल्का तयार गर्दै छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here